तपाईँ सुन्दै हुनुहुन्छः

ओडिशा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २६१ पुग्यो, उद्धार कार्य जारी

काठमाडौँ । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा कम्तीमा २६१ जनाभन्दा बढीको मृत्यु भएको छ भने  ६५० जनाभन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ ।  

घटनास्थलमा  हाल उद्धार कार्य जारी छ ।  घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा  उपचार भइरहेको छ ।   

ओडिशाको बालासोर जिल्लामा भएको सो दुर्घटनामा यात्रुवाहक एउटा रेल लिगबाट उछिट्टिएर अर्को रेलसँग ठोक्किन पुगेको थियो । सो दुर्घटना भारतको इतिहासमै सबभन्दा ठुलो रेल दुर्घटनाका रुपमा लिइएको छ । दुर्घटना लगतै दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरि घाइतेहरूको उद्धार भइरहेको छ ।

यसअघिऽ ओडिशा राज्यका अग्नि नियन्त्रण सेवाका प्रमुख सुधांशु सारङ्गीले दुर्घटनामा २८८ जनाको मृत्यु भएको बताउनुभएको थियो । दुर्घटनामा घाइतेहरूको सङ्ख्या धेरै भएकाले मृतकहरूको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । 

यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो। उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button