रुखबाट लडेर बाजुरामा एक युवकको मृत्यु

बाजुरा । बाजुरामा रुख बाट लडेर एकजना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन्।
गाई वस्तुलाई घाँस काट्न गएका बेला आज बिहान रुखबाट खसेर धामीको मृत्यु भएको हो ।
घाँस काट्न गएका धामी अबेरसम्म नआएपछि खोजी गर्न जङ्गलमा गएका स्थानीयले रुख बाट लडेर ज्यान गइसकेको अवस्थामा फेला पारेको वडा नम्बर ७ का वडा सदस्य लोकेन्द्र रोकायाले जानकारी दिनुभयो।
गाउँ नजिकै रहेको कालाजग्रा सामुदायिक वनमा रुखबाट खसेर धामीको मृत्यु भएको हो।
प्रतिक्रिया राख्नुहोस्