तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक लेखा समितिमा हालसम्म १ सय २१ वटा उजुरी विचाराधीन

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा हालसम्म १ सय २१ वटा उजुरी विचाराधीन रहेका छन् ।

समितिको आजको बैठकमा समितिमा विचाराधिन रहेका उजुरीका विषयमा सांसदहरूलाई जानकारी दिइएको हो ।

उजुरीको सूची समितिमा रहेका सबै सांसदहरूलाई उपलब्ध गराइएको छ ।

समितिको ज्येष्ठ सदस्य एवं सभापति अर्जुननरसिंह केसीले सांसदहरूलाई सबै उजुरी अध्ययन गर्नका लागि उपलब्ध गराइएको बताउनुभयो । 

संसद् निरन्तर उत्तराधिकारवाला संस्था भएकाले समितिमा रहेका उजुरीका पुराना फाइल जुनसुकै बेला खोल्न सकिने सभापति केसीले बताउनुभयो ।

समितिले आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न समितिका सदस्य राजेन्द्र केसीको संयोजकत्वमा सांसदहरु ऋषिकेश शाह, रामकृष्ण यादव, अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहेको एक उपसमिति गठन गरेको छ । 

समितिको आन्तरिक कार्यविधि बनिसकेपछि राष्ट्रिय रुपमा उठेका गम्भीर विषयहरूमा छलफल शुरु गर्ने सहमति समितिमा भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button