तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा टि–२० क्रिकेट प्रतियोगिता शुरु, मधेशको शुरुआती जीत

जनकपुरधाम । जनकपुरधामको रजौलमा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा आजदेखि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगितामा सात वटै प्रदेशका टिम सहभागी छन् । नेपाल क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडीहरूको पनि सहभागिता छ ।

प्रतियोगिता जेठ २६ गतेसम्म चल्ने जानकारी आयोजकले गराएको छ ।

आयोजकका अनुसार विजेता टिमलाई ३ लाख र उपविजेतालाई २ लाख नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका लागि मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयले ४० लाख रकम विनियोजन गरेको थियो ।

प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गर्नुभयो । त्यस अवसरमा नेता निधिले मधेश प्रदेश सरकारले खेलकुदको विकासमा देखाएको अग्रसरताको सराहना गर्नुभयो ।

उद्घाटन खेलमा मधेश प्रदेशले विजयी सुरुआत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button