तपाईँ सुन्दै हुनुहुन्छः

पहिलोपटक खुल्यो रत्नमन्दिर (फोटोफिचर) 

कास्की । देशमा गणतन्त्रको स्थापना भएको १५ वर्षमा पोखराको रत्न मन्दिर सर्वसाधारणका लागी खुल्ला भएको छ । 

संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किरातीले एक कार्यक्रमका बीच पोखराको रत्न मन्दिरको उद्घाटन गर्नु भएको हो । मन्त्री किरातीले उद्घाटन हुनु र खुल्ला हुनु ठुलो कुरा नभएको भन्दै यसको संरक्षण सधैँ यस्तै रहन्छ की रहँदैन भन्ने मुख्य कुरा रहेको उल्लेख गर्नुभयो । 

पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनसम्म सिधा चार्टर उडान हुने सम्झौता भइसकेको र अव अन्य राष्ट्रहरूसँग पनि सम्झौता गरिने बताउनुभयो । 

राजाको शासन फालेर गणतन्त्र स्थापना भएको सुखद उपलक्ष्यमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ । 

२६८ वर्ष लामो राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको लामो समय बितिसक्दा पनि सर्वसाधारणका लागि खुल्न नसकेको रत्न मन्दिर डेढ दशकपछि खुलेको छ । 

२०६२/६३ सालको जनआन्दोलनपछि शाहवंशीय राजसंस्था नेपालबाट सधैँका लागि अन्त्य भयो। शाहवंशीय राजसंस्था फालेर जनताको शासन स्थापना भएको उपलक्ष्यमा गणतन्त्र दिवस मनाउन थालियो। हरेक वर्ष धुमधामका साथ गणतन्त्र दिवस मनाइन्छ। तत्कालीन राजा महेन्द्रले रानी रत्नको सम्झनामा यो मन्दिर निमार्ण गर्नु भएको थियो ।  

वर्षौँदेखि रहस्यको केन्द्र बनेको रत्नमन्दिरले सुन्दर नगरी पोखरामा फेरि अर्को गहना थपिएको छ ।  यसै त पोखराको सुन्दरता हेरेर नअघाएका पर्यटकहरू पोखरामा थप केही दिन आफ्नो गन्तव्य थप्ने नागरिक समाजका अगुवा रामबहादुर पौडेल बताउनु हुन्छ । 

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारका सदस्यको स्वामित्वमा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा छन्। १११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिर नेपाल ट्रस्टको स्वामित्वमा छ । 

रत्नमन्दिर खुला भए पनि मन्दिरको भित्री भागमा प्रवेश पाउन भने अझै केही समय लाग्ने छ। व्यवस्थापनका तारतम्य मिलाएपछि मात्रै दरबारको भित्री भागमा प्रवेश गर्न मिल्ने नेपाल ट्रस्ट पोखरा इकाई प्रमुख योङजोम शेर्पाले जानकारी दिनु भयो । 

तत्कालीन राजपरिवारले बिदाको समय बिताउन बनाएको रत्न मन्दिरले त्यो समयको नेपालको सामरिक महत्त्व देखाउँछ नै ! अहिलेको नेपाल चिनाउने आँखीझ्याल पनि पक्कै बन्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button