तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीको सुधारमा लेखा परीक्षणको अद्वितीय भूमिका : महासचिव सी

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको सुधारमा लेखापरीक्षणको अद्वितीय भूमिका रहेको बताउनुभएको छ । पार्टीको आन्तरिक मूल्याङ्कन र पारदर्शितामा जोड दिँदै उहाँले नयाँ युगमा लेखापरीक्षण कार्यको विकास गर्न उच्च गुणस्तरका क्रियाकलाप प्रवद्र्धनका लागि प्रयास गर्न आह्वान गर्नुभएको छ । 

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिअन्तर्गतको केन्द्रीय लेखापरीक्षण आयोगको पहिलो बैठकको अध्यक्षता गर्दै मङ्गलबार उक्त टिप्पणी गर्नुभएको हो ।  सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button