तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको पुनर्वासमा एक युवकले गरे आफ्नै बुवाको हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् । पुनर्वास नगरपालिका ४ कार्की चोकका ३० वर्षीय गणेश खड्काले आफ्नै बुवा ७१ वर्षीय धन बहादुर खड्काको हत्या गरेको प्रहरीले जनाएको छ ।

पहिलेदेखि नै मदिरा सेवन गरेर घरमा झैँ–झगडा गरिरहने गणेशले गए राति मुक्का र काठको कडीले हिर्काई आफ्नै बुवाको हत्या गरेको बताइएको छ । 

गणेशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । यस सम्बन्धी थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button