तपाईँ सुन्दै हुनुहुन्छः

दीप श्रेष्ठ र शक्ति वल्लभलाई भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान

काठमाडौं ।   यस   वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’  गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति वल्लभलाई प्रदान गरिने भएको  छ  ।

पुरस्कारको  राशि जनही ५० हजार रुपैयाँ रहेको भक्तराज आचार्यका छोरासमेत रहेका स्वरूपराज आचार्यले जानकारी दिनुभयो  ।

त्यसैगरी ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबला बादक भिपी सिंहलाई प्रदान गरिने पनि उहाँले  जानकारी दिनुभयो  । ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएका तथा औषधि उपचार गर्नबाट बञ्चित भएका सङ्गीतकर्मीलाई दिन सुरु गरिएको हो । 

यसको पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ । “नेपाली गीत÷सङ्गीत क्षेत्रलाई थप माथि उकास्न केही योगदान होस् र यस क्षेत्रमा लामो समयदेखि अनवरत रूपमा काम गरिरहेका सङ्गीतकर्मीलाई थप काम गर्ने प्रेरणा मिलोस् भनी हरेक वर्ष यो सम्मान गर्दै आइरहेको   आचार्यले बताउनुभयो  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button