तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय र प्रहरीबीच झडप हुँदा एक दर्जन घाइते

बर्दिबास । महोत्तरीको गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरीमा आज दिउँसो स्थानीय र प्रहरी बीच झडप भएको छ । झडपमा परि स्थानीय र प्रहरी गरि एक दर्जन घाइते भएका छन् ।  

सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन ९ राउन्ड हवाई फाएर र १३ सेल अश्रु ग्यास प्रहार गरेको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरीमा २५ वर्षीया आरतीदेवीको मृत्युलाई लिएर स्थानीय र प्रहरी बिच झडप भएको हो । गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । तर आरती देविका आफन्त र स्थानीयहरूले भने आरतीलाई श्रीमान् उमेश साह, नन्द आशा र सासू र जेठाजुले यातना दिएर हत्या गरेको आरोप लगाउँदै घरमा ढुङ्गामुडा गर्दै तोडफोड गर्न पुगेपछि स्थानीय र प्रहरीबिच झडप भएको हो ।  

स्थिति तनावग्रस्त हुँदै गएपछि प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस प्रहार गरेको गौशालास्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिनुभयो । प्रदर्शनकारीले प्रहार गरेको बासको भाटाबाट सशस्त्र र नेपाल प्रहरीका निरीक्षकद्वय शङ्कर थापा र मनोज यादव सहित पाँच जना घाइते हुनुभएको छ । सशस्त्र र नेपाल प्रहरीका गरी पाँच जना सुरक्षाकर्मी घाइते भएको उहाँले बताउनुभयो । 

झडपमा प्रदर्शनकारीतर्फ ५ जना सामान्य घाइते भएका छन् ।  प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गाउँलेले भने आरतीको सासू, नन्द र जेठाजुलाई समेत पक्राउ गरी घटना छानबिनको माग राख्दै आएका छन् । सोही विषयलाई लिएर गाउँका अधिकांश महिलाले माईस्थान गौशाला सडकमा टायर बालेर सोमबार अपराह्नदेखि विरोध प्रदर्शन सुरु गरेका थिए ।    

प्रदर्शनका कारण माईस्थान गौशाला सम्सि सडक खण्ड केहीबेर अवरुद्ध भएको थियो । स्थिति अहिले शान्तिपूर्ण रहेको र हाल सडक सूचना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालयले गौशालाले घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button