तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ मतगणना अपडेटः स्वर्णिमको १० हजार मत नाघ्यो, पछ्याउँदै भट्टराई र खनाल

तनहुँ।तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले १८हजार ६सय ६१मत गणना गर्दा दोब्बर बढी मतले अग्रता लिइरहनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १०हजार २ सय ५९मत प्राप्त गर्नुभएको छ ।

वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५हजार ३ मत प्राप्त गर्नुभएको छ । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।

त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ७ सय ९७ मत पाउँदै तेस्रो स्थानमा रहनुभएको छ । कुल ४२ वडा रेहको यस क्षेत्रमा अहिलेसम्म १३वडाको मत गणना सकिएको आयोगले जनाएको छ ।

निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।

गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button