तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button