तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय आरोहीको ७२ घण्टा पछि जीवितै उद्धार

कास्की । अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका भारतीय आरोहीलाई जीवितै उद्धार गरिएको छ । ३४ वर्षीय भारतीय आरोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् । 

तीन दिनपछि उद्धार गरिएका मालुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस्तो चिसो ठाउँबाट पनि ७२ घण्टा सम्म जीवितै रहेका मालुको उपचारबाट निको हुन सक्ने अपेक्षा गरिएको छ ।

अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको बताउन भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button