तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा बनाउँदै गरेको बेलिब्रिज पुल भाँच्चियो, ९ जना गम्भीर घाइते

जाजरकोट । जाजरकोटमा निर्माणाधीन बेलिब्रिज पुल भाँच्चिँदा ९ जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट जोड्ने गरी ठुली भेरी माथि बनिरहेको उक्त पुल भाँच्चिएको हो । डोल्पा सडक खण्ड जाजरकोट र रुकुम पश्चिमका विभिन्न भागबाट बनेको छ ।

‘पुलको काम गर्दैगर्दा एक्कासी भाँच्चिएको रहेछ, पुलमा माथिपट्टि पाता हाल्दै गरेका ९ जना घाइते सबैको अवस्था गम्भीर छ, अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सन्तोष रोकाले बताउनुभयो ।

२०७८ सालमा पुल निर्माणका लागि सडक डिभिजन चौरजहारीसँग निम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button