तपाईँ सुन्दै हुनुहुन्छः

आधुनिक गीत प्रतियोगिताका उत्कृष्ट गायक, गीतकार र सङ्गीतकार सम्मानित

काठमाडौँ । रेडियो नेपालले आफ्नो ७३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल गायक, गायिका तथा उत्कृष्ट गीतकार र सङ्गीतकारलाई पनि नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।

उत्कृष्ट सङ्गीतकार खड्ग गन्धर्वलाई सम्मान गर्नुहुँदै मन्त्री रेखा शर्मा

आधुनिक गीत प्रतियोगितामा कास्कीकी ममता गुरुङले गायन तर्फ प्रथम स्थान हासिल गर्नु भएको थियो । गुरुङले श्वेता मैनालीको शब्द रचना र शङ्कर थापा स्माइलको सङ्गीत रहेको तारा टिपेर माला लाउँछु बोलको गीत गाउनुभएको थियो ।

प्रतियोगितामा पाँचथरकी मुना ठटालले द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको थियो । ठटालले डिपी खनालको शब्द रचना र शङ्कर थापा स्माईलको सङ्गीत रहेको कति लाए मनमा मल्हम बोलको गीत गाउनुभएको थियो

आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल ममता गुरुङलाई सम्मान गर्नुहुँदै मन्त्री रेखा शर्मा

त्यस्तै भक्तपुरका सरोज परियारले तृतीय स्थान हासिल गर्न सफल हुनु भएको थियो । परियारले पनि डिपी खनालको शब्द रचना र थापाकै सङ्गीत रहेको बन्द भो त्यो आवाज बोलको गीत गाउनुभएको थियो ।

प्रतियोगितामा उत्कृष्ट गीतकार घोषणा हुनुभएकी श्वेता मैनाली र उत्कृष्ट सङ्गीतकार घोषित हुनुभएका खड्ग गन्धर्वलाई समेत नगद, प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । 

आधुनिक गीत प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल मुना ठटाललाई सम्मान गर्नुहुँदै मन्त्री रेखा शर्मा
आधुनिक गीत प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल सरोज परियारलाई सम्मान गर्नुहुँदै मन्त्री रेखा शर्मा

प्रतिक्रिया राख्नुहोस्

Back to top button