तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको वार्षिकोत्सवमा श्रेष्ठ र लामालाई स्रष्टा सम्मान

काठमाडौँ । रेडियो नेपालले आफ्नो ७३ औँ वार्षिकोत्सवको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि दुई जना स्रष्टालाई सम्मान गरेको छ ।

स्रष्टा सम्मानबाट यो वर्ष वरिष्ठ गीतकार, गायक तथा सङ्गीतकार माधव श्रेष्ठ ‘मोहित’ र वरिष्ठ प्रसारक धन लामालाई सम्मान गरिएको हो ।  

कार्यक्रममा मन्त्री शर्माले दुवैलाई नगद रु ५१ हजार १ रुपैयाँसहित प्रमाण पत्र र दोसल्लाले ओढाएर सम्मान गर्नुभएको हो  ।

वरिष्ठ प्रसारक धन लामालाई सम्मान गर्नुहुँदै मन्त्री शर्मा
वरिष्ठ गीतकार, गायक तथा सङ्गीतकार माधव श्रेष्ठ ‘मोहित’लाई सम्मान गर्नुहुँदै मन्त्री शर्मा

प्रतिक्रिया राख्नुहोस्

Back to top button