तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक परिवर्तनमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको पत्रकारिताको क्षेत्रले राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

रिपोर्टस क्लब नेपालको रजत महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

सरकारले पूर्णता पाएकोले अब नयाँ गतिबाट अगाडी बढ्ने बताउनुहुँदै उहाँले गुणात्मक ढङ्गबाट काम गर्ने र दिगो रुपमा समस्या समाधान गर्ने बताउनुभयो ।

तीन महिनाभित्र राजस्व सङ्कलनमा सुधार, रेमिट्यान्समा सुधार र विदेशी मुद्रा सञ्चितिमा निकै राम्रो अवस्थामा आएको तथा अझै पनि आर्थिक रुपमा देखिएका समस्या समाधान गरिने विश्वास व्यक्त गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । क्लबले आज आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजना गरेको विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालबाट प्रदान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button