तपाईँ सुन्दै हुनुहुन्छः

अनेमसङ्घको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गरिने अनेम सङ्घले जनाएको छ ।

सङ्घले आज काठमाडौँमा राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घकी सचिव सुजिता शाक्यले यही चैत २५ र २६ गते काठमाडौँमा सङ्घको राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।

अनेम सङ्घको राष्ट्रिय सम्मेलनमा देशभरबाट एक हजार २ सय ६२ जना प्रतिनिधिहरू सहभागी हुनेछन् ।

सम्मेलनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन समेत गर्ने संघका संयोजक थममाया थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनले सङ्घको नीति, कार्यक्रम तथा योजनाहरू समेत तय गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button