तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग अन्तरगत भक्तपुरको सुर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं.९ महत गाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको हो ।

जगातीबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका महतको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

महतलाई सुरुमा सुर्यविनायक नगर अस्पताल लगिएकोमा थप उपचारका लागि मध्यपुर अस्पताल रिफर गरिएको थियो । 

सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button