तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको सुरुमा समय माग गरेर सांसदहरुले मिटर व्याजीका कारण गरिबलाई थप गरिबीतर्फ धकेलेको भन्दै यसमा तत्काल सरकारले समस्या समाधानका लागि पहल लिनुपर्ने, कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलन थप चर्किन नदिन सरकार संवेदनशील हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै सांसदहरुले मन्त्रालयहरू मन्त्री विहीन भएको महिना दिन बितिसकेको अवस्थामा पनि मन्त्रिमण्डल विस्तार हुन नसक्दा आम जनतामा निराशा छाएको तर्फ सरकारलाई सचेत गराउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button