तपाईँ सुन्दै हुनुहुन्छः

१० किलो चरेससहित एक जना पक्राउ

वीरगञ्ज । इलाका प्रहरी कार्यालय पोखरियाले १० केजी लागुऔषध चरेसहित १ जनालाई पक्राउ गरेको छ ।

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर–१ तिनदुविया निवासी ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई १० किलो ग्राम अवैध लागुऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमान्डमा खटिएको प्रहरीले कुर्मीको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध चरेश फेला परेपछि अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button