तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव शुरु 

धनगढी । कैलालीको धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव शुरु भएको छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहका साहित्य महोत्सवको उद्घाटन गर्नुभयो । 

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भएको साहित्य महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुनेछ । त्यस क्रममा विभिन्न भेषभुषा, कला संस्कृति झल्कने झाकी प्रस्तुत गरिएको छ । यस्तै साहित्यकार तथा सष्ट्राहरुलाई सम्मानित गर्ने कार्यक्रम रहेको छ ।

समाजका अध्यक्ष तीर्थराज पाण्डेयले महोत्सवमा देश र विदेशका गरि करिब दुई सय साहित्यकारको सहभागिता रहेको जानकारी दिनुभयो । 

नारी सष्ट्राहरुलाई देश विदेशमा चिनाउन र प्रदेशको भाषा साहित्य, लोक संस्कृतिको सम्बद्धर्न गर्नका लागि महोत्सवले थप टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button