तपाईँ सुन्दै हुनुहुन्छः

मत पेटिका फुटाएपछि डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

डोटी । डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। 

नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान स्थगित भएको हो।

निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले मत पेटिकालगायत अन्य सामग्री तोडफोड भएकाले मतदान गर्न गराउन सम्भव नभएको बताउनुभयो ।

मतदाताको परिचयपत्र सम्बन्धी सामान्य विवाद भइरहेकै समयमा केही व्यक्तिभित्र प्रवेश गरी मतपेटिका तोडफोड  गरेका थिए । निर्वाचन करिब ७५ प्रतिशत सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ ।

डोटी बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या ८०९ रहेको छ।

निर्वाचन समितिले सूचना जारी गर्दै केही अराजक व्यक्तिले मतपेटिका तथा अन्य सामग्री तोडफोड गरेका कारण निर्वाचन स्थगित भएको जानकारी दिएको छ । 

निर्वाचन हार्ने भएपछि अनेरास्ववियु लगायतका सङ्गठनहरूले अराजक कार्य गरेको नेपाल विद्यार्थी सङ्घले आरोप लगाएको छ ।

अहिले नेपाल विद्यार्थी संघका नेता तथा विद्यार्थीले सुरक्षा कमजोरका कारण घटना घटेको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरिरहेको छ । नेविसंघले निर्वाचन सुचारु गर्न माग गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button