तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो  ।

प्रवक्ता महतले आज बस्ने प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेस सत्तापक्षको बेन्चमा बस्ने पनि बताउनुभयो ।

 पुस २६ गते विश्वासको मत प्राप्त गर्नुभएका प्रधानमन्त्री दाहालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि  भोलि विश्वासको मत लिनुहुने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button