तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्वासीका विद्यार्थी पढ्ने उदाहरणीय विद्यालय (भिडियो)

तुलसीपुर I दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.५ पातुखोलामा रहेको  ज्ञानज्योति आधारभूत विद्यालय । जुन २०५८ सालमा चन्दा संकलन गरेर निर्माण गरियो । 

त्यही विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालय तर्फ नमूना विद्यालयका रुपमा स्थापित छ । अहिले त्यहाँ विद्यालयका ठूला–ठूला भवन मात्रै छैनन्, पढाई पनि उत्तिकै राम्रो छ । त्यसैले पनि त्यो विद्यालय अहिले उपमहानगरपालिकाले नै आधारभूत तर्फ उत्कृष्ट विद्यालयका रुपमा लिएको छ । कक्षा नर्सरी, एलकेजीदेखि ८ सम्म पढाई हुने उक्त विद्यालयमा प्रविधिमैत्री पढाई पनि छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको छ ।  जहाँ अहिले ४५० बढि विद्यार्थी छन् । त्यहाँ सबै गरिब, दलित तथा पिछडिएका समुदायका बालबालिकाहरू पढ्छन् ।

भिडियो :

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button