तपाईँ सुन्दै हुनुहुन्छः

जब लघुवित्तले तिरिसकेको ऋण बाँकी देखायो ……

बारा  । बारामा एक लघुवित्त संस्थाले ऋण नै नभएको व्यक्तिको नाममा ऋण देखाएको सेवाग्राहीहरूको आरोप छ ।

स्वावलम्बन लघुवित्त संस्था,जीतपुर शाखाले ऋण नै नभएको व्यक्तिको नाममा ऋण देखाएको रमौली लोसण्डाका स्थानीयहरूकाे आराेप छ । झुटो ऋण देखाएको भन्दै उनीहरूले गाउँमा ऋणको ताकेता गर्न आएका जीतपुर, शाखाको कर्मचारी चढ्ने मोटरसाइकल खोसेर कर्मचारीलाई समेत नियन्त्रणमा लिएका हुन् । 

रमौली निवासी लालमती देवीको देहान्त भएको करिब ५ बर्ष भन्दा बढी भयो ।  लामतीको निधन भएसँगै उहाँको छोरासहित आफन्तहरू संस्थामा गई हिसाब किताब गरी ऋण तिरिसकेका थिए । अहिले बचत निकाल्न जाँदा अचानक आमाको नाममा २५ हजार रुपैयाँ ऋण देखाइएको लामतीका छोराले बताए । 

यता आफूले भाद्र महिनामै तिरी सकेको ऋण अहिले देखाइएको स्थानीय शिवपुजन देवीले बताइन् । शिवपुजन देवीको नाममा १ लाख ५ हजार ऋण देखिएको  छ । उनी आफ्नो नाममा ऋण देखाएपछि छानाबाट खसेको जस्तै भएको बताउँछिन् । 

स्थानीय शिवकली महतोले पनि आफूले तिरी सकेको ऋणमा अहिले  ८ हजार तिर्न बाँकि रहेको देखाएको भन्दै आक्रोश पोखिन् । स्थानीय मिन्ता देवी कोइरीले पनि आफ्नो नाममा रहेको ऋण पाँच बर्ष अगाडि आफ्नो बचत र सँगै समूहमा बसेका साथीहरूको बचतबाट कटाएर तिरिसकेपनि अहिले फेरी ऋण तिर्न बाँकी रहेको देखाइएको भन्दै गुनासो पोखिन् । 

स्थानीय मिन्ता देवीले पनि आफ्नो नाममा ४५ हजार झुटो ऋण देखाइएको आरोप लगाइन् ।  समूह जमानीमा बस्ने महिलाहरूले ऋण तिरिसकेको तर अहिले विभिन्न व्यक्तिको नाममा ऋण देखाइएको उनीहरूले बताए । यसरी विभिन्न व्यक्तिको नाममा ६ लाख ७६ हजार रुपैयाँ ऋण देखाइएको उनीहरुले बताए । 

स्वावलम्बन लघुवित्त संस्था ,जीतपुर शाखाका प्रबन्धक शन्त कुमार मण्डल पनि यो घटनाले आफु अचम्मित परेको बताउँछन्  । उनी जीतपुर शाखामा आफु नयाँ भएकाले ५ वर्ष अगाडि के भएको हो भन्ने कुराको विषयमा जानकारी नभएको बताउँछन् । प्रबन्धक मण्डलले आफ्नो सम्फटवेयरमा ती महिलाहरूको नाममा ऋण देखिएपछि आफूले बचत रोकेको बताउँछन् । पाँच वर्षसम्म ऋणीहरूको नाममा ऋण छ भन्ने कुराको जानकारी किन नदिएको हो भन्ने प्रश्नमा आफु यस विषयमा केही भन्न नसक्ने उनले बताए । यस विषयमा आफूले क्षेत्रीय कार्यालयमा जानकारी गराइसकेको मण्डलले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button