तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षालाई जीवनसँग जोड्नुपर्छ: मन्त्री चौधरी

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षालाई जीवनसँग जोड्नु पर्ने बताउनुभएको छ ।

जनता माध्यमिक विद्यालयको प्रथम जनता ओलम्पिक्स २०७९ समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यालयको उन्नयनका लाग आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाज निजी शिक्षातर्फ आकर्षित भइरहेको समयमा जनता माध्यमिक विद्यालयले सामुदायिक विद्यालयकै आकर्षण बढाएको बताउनुभयो ।

प्रविधिमैत्री शिक्षा र आकर्षक भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य सहयोग जोडा दिने समेत प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । मन्त्री चौधरीले जीवनोपयोगी शिक्षाको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा भएको कार्यक्रममा पौष १६ गतेदेखि माघ १५ गतेसम्म सञ्चालित खेलकुदका विजेताहरूलाई नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button