तपाईँ सुन्दै हुनुहुन्छः

भवनको अभावमा सेवा प्रवाहमा समस्या

जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । 

दैनिक १० देखि १५ सेवाग्राही आउने पशु अस्पतालमा भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको कार्यालय प्रमुख कलम बहादुर महताराले बताउनुभयो । 

सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा सात रोपनी जमिन छ । उक्त जमिनमा पाँच वटा भवन छन् । अरू सबै सशस्त्रले प्रयोग गरेपछि बाँकी रहेको एउटा भवनमा गुम्सिएर बस्नु परेको कार्यालय प्रमुख महताराले बताउनुभयो । 

संघीय संरचना अन्तर्गत कार्यालयहरूको पुर्नसंरचना गर्ने क्रममा २०७४ सालमा जिल्ला पशु सेवा कार्यालय जाजरकोट खारेज गरेर पश्चिम रुकुमस्थित पशुपक्षी विज्ञ केन्द्रमा गाभिएको थियो । तर सम्पर्क कार्यालयको नाममा केही कामकाज सोही कार्यालयबाट भइरहेको थियो ।

२०७४ सालमा सरकारले जाजरकोटमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने निर्णय ग¥यो । केही समय जिल्लाका अन्य ठाउँमा बसे पनि उपयुक्त ठाउँ नपाएको सशस्त्रलाई तत्कालीन जिल्ला सुरक्षा समिति र राजनीतिक दलको सहमतिमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयमा बसाल्ने निर्णय गरिएपछि २०७६ असारदेखि सशस्त्र प्रहरी बस्न थालेको हो । 

पुनः पशुपक्षी सम्बन्धी कार्यालय जिल्लामा रहनुपर्ने आवाज उठेको र प्रदेश सरकारले समेत आवश्यकता महसुस गरेपछि पशु चिकित्सकको दरबन्दीसहित पशु अस्पताल तथा पशु सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । उक्त निर्णयपछि २०७६ साउनदेखि नै कार्यालय सञ्चालनमा आयो ।

‘सुरक्षा पोष्ट बाहिर भित्र कार्यालय भएकोले सेवाग्राही र कार्यालयका कर्मचारी दुवैलाई समस्या भइरहेको छ । पशु चौपायाको उपचार बाटोमै गर्ने गरेका छौँ । प्रमुख महताराले बताउनुभयो ।

सशस्त्र प्रहरी गुल्मका प्रमुख डिएसपी लालसिंह विष्टका अनुसार गुल्मका लागि भेरी नगरपालिका ४ पाखेदहमा जग्गा हेरि फाइल सम्बन्धित निकायमा पठाइसकेको र अबको एक बर्ष भित्रमा समस्याको समाधान हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button