तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको १७ लाख भारुसहित एक व्यक्ति पक्राउ

बर्दिबास । महोत्तरीको मटिहानीबाट स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । 

जिल्लाको मटिहानी नगरपालिका ८ स्थित दशगजा क्षेत्र नजिकैबाट सोही वडा निवासी २९ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । ज.६प ६६६४ नम्बरको ग्लेमर मोटरसाइकलको ट्याङ्कीमा फल्स बटन बनाएर ट्याङ्की मुनि लुकाएर राखेको अवस्थामा सो रकम बरामद गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बरामद रकम, मोटरसाइकल र चालकसमेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button