तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो मेयर गोल्डकप फुटबल : पेमा युवा क्लब विराटनगर विजयी

बर्दिबास । महोत्तरीको बर्दिबासमा जारी दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ ।

आयोजकको तर्फबाट रहेको घरेलु टिम बर्दिबास यूथ क्लबलाई २ गोल अन्तरले पराजित गर्दै पेमा युवा क्लब विजयी भएको हो । पेमा युवा क्लबका तर्फबाट फागुराम चौधरीले २ गोल गरेका थिए ।

चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीलाई बर्दिबासको लक्की रेडिमेटले ५ हजार पुरस्कार प्रदान गरेको छ ।

२८ गते क्यामरुन एफसी काठमाडौँ र झापा-११ झापा, २९ गते ब्वाईज युनियन क्लब काठमाडौँ र धरान फुटबल क्लबबिच प्रतिस्पर्धा हुने खेलकुद समिति अध्यक्ष दीपेन्द्रकुमार शिवभक्तिले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button