तपाईँ सुन्दै हुनुहुन्छः

५ सय बोरा म्याद गुज्रिएको चना बरामद

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका ३ छपकैयामा रहेको कैलाश कोल्ड स्टोरबाट म्याद गुज्रिएको अखाद्य ५ सय बोरा चना बरामद गरेको छ ।

आधुनिक दाल उद्योग प्रा.लि. छातापिपरा बाराले सो कोल्ड स्टोरमा राखेको म्याद गुज्रिएको २५ किलोग्रामका ५ सय बोरा चना बरामद गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

बरामद गरिएको चना अपराह्न खाल्टो खनेर गाडिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

म्याद गुज्रिएको बोरा हटाएर नयाँ बोरामा रि–प्याकिङ गर्ने क्रममा चना बरामद भएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button