तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा तीन जना फरार कसुरदार पक्राउ

पाँचथर।पाँचथरमा ज्यान मार्ने उद्योगका तीन जना फरार कसुरदारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

जिल्ला अदालत बाट कैद तथा जरिवाना ठहर भई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ । पक्राउ पर्नेमा फालेलुङ ७ का २४ वर्षीय सुजन राई , २४ वर्षीय प्रकाश राई र २८ वर्षीय अनिल राई रहेका छन् ।

उनीहरूले २०७२ फागुन १२ गते फालेलुङ ७ का २१ वर्षीय मिराक हाङसरुम्बालाई कुटपिट , तथा छुरा प्रहार गरी घाइते बनाएका थिए । अदालतले २०७५ वैशाख १३ गते फैसला गरेको थियो ।

पक्राउ परेका तीनै जनालाई ज्यान मार्ने उद्योग अन्तर्गत ४ वर्ष ११ महिना १८ दिन कैद भुक्तानका लागी कारागार चलान गरिएको प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिनुभयो ।

माघ महिनामा मात्र जिल्ला अदालत बाट कैद तथा जरिवाना ठहर भई फरार भएका १४ जना कसुरदारहरूलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button