तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

धनुषा । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिनुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले संविधानको धारा (६) को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गेलले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button