तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भूकम्प: एक जनाको मृत्यु

बाजुरा । बाजुरामा भूकम्पका कारण माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका २ जुरेली घर भएकी अन्दाजी ३५ वर्षकी जमुना रोकाया रहेकी छन् । भेडा चराउने क्रममा भूकम्प आएकै बेला माथिबाट ढुङ्गा खसेर रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।

भूकम्पका कारण गौमुल गाउँपालिकाकै वडा नम्बर १ अम्लिसको डोडरी जङ्गलमा माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० बढी भेडा पुरिएर मरेका र स्थानीय दीपेन्द्र रोकायाले बताउनुभयो । जिल्लाभरि दुई दर्जन भन्दा बढी घरमा क्षति पुगेको खबर छ । फोन नेटवर्क बिच्छेद हुँदा क्षतिको पूरा विवरण सङ्कलन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तस्वीरः दयाराम पण्डित

प्रतिक्रिया राख्नुहोस्

Back to top button