तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्रको गोताखोर टोलीद्वारा बेपत्ता खत्रीको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुलनजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज शव फेला पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण तथा नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करिब सय मिटर तल फेला पारेको हो ।

तीन दिनपछि फेला पारिएको उनको शवलाई आजै सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले नेपाल प्रहरीलाई बुझाएको छ ।

यही माघ २ गते बा५च ५६५४ नंको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं दक्षिणकाली नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए । उक्त दुर्घटनामा अम्बिका लामिछाने घाइते भएकी थिइन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button