तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा पदभार ग्रहण (फोटोफिचर)

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सञ्चारमन्त्री शर्माले मोबाइल तथा टेलिफोन सेवा निर्बाध रुपमा सञ्चालन भई सञ्चार सम्पर्क सहज हुने सुनिश्चित गर्ने व्यवस्था मिलाउने पहिलो निर्णय गर्नुभएको छ ।

पदभार ग्रहण पश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सूचना, सञ्चार र प्रविधिमा नागरिकको सहज पहुँच पुर्‍याउन लागि पर्ने बताउनु भयो ।

नवनियुक्त मन्त्री शर्माले उत्पादन, सार्वजनिक सङ्घसंस्था, स्वास्थ्य र मानिसको दैनिक जनजीवनसँग सूचना र प्रविधिलाई जोडेर देशलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्ने दिशातर्फ अघि बढ्ने पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button