तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षाका लागि नेपाल प्रहरीप्रति आभारी छौँ : इजरायली दूतावास 

काठमाडौं ।  काठमाडौंस्थित इजरायली राजदूतावासले अथक समर्पणका साथ सुरक्षा प्रदान गर्न दूतावासमा खटिएका नेपाल प्रहरीलाई हिजाे (आइतबार) प्रशंसा पत्र प्रदान गरेको छ ।

सो अवसरमा दूतावास र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुदृढ बनाउन काठमाडौंस्थित ट्याप आउट फिटनेसमा संयुक्त अभ्यास पनि आयोजना गरिएको थियो ।

सन् १९६० जुन १ मा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशले कृषि, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका विभिन्न क्षेत्रमा आपसी सहयोग र सहकार्यलाई निरन्तरता दिँदै आएको दूतावासले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ । 

दूतावासले नेपाल प्रहरीले प्रदान गरेको सहयोग र सुरक्षाप्रति आभार व्यक्त गरेको पनि विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button