तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनलाई समर्थन गर्ने विषयमा नेकपा एसको स्थायी कमिटीमा छलफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वर्तमान सत्ता गठबन्धन सरकारलाई समर्थन गर्ने विषयमा छलफल भएको छ । 

काठमाडौँमा जारी बैठकमा धारणा राख्ने अधिकांश सदस्यले वर्तमान सत्ता गठबन्धनको सरकारलाई समर्थन गर्नुपर्ने बताउनुभएको नेकपा एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । 

नेता तुलाधरका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव पठाउनुभएपछि मात्र सरकारलाई समर्थन गर्नुपर्ने धारणा स्थायी कमिटी सदस्यहरुले राख्नुभएको थियो । 

नेता तुलाधरले नेकपा एमालेसँग पार्टी एकताका विषयमा कुनै पनि छलफल नभएको बताउनुभयो । 

एकीकृत समाजवादीका ५२ जना स्थायी कमिटी सदस्यमध्ये हालसम्म ३२ जनाले आफ्नो धारणा राखेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button