तपाईँ सुन्दै हुनुहुन्छः

फिक्कलको गुप्ती – नयाँबजार सडक कालोपत्रे हुँदै

इलाम । इलामको फिक्कल गुप्ती नयाँबजार सडक खण्ड कालोपत्रे शुरु भएको छ । सडक कालोपत्रेको काम आज बाट औपचारिक रुपमा शुरु भएको हो । 

कालोपत्रे गर्नु अगाडीको सबै पुर्वधारको प्रक्रिया पुरा गरेपछि आजबाट कालोपत्रेको लागि काम अगाडी बढाएको निमार्ण कम्पनी खनाल कन्स्ट्रक्सनका सञ्चालक डिल्लीराम खनालले बताउनु भयो । प्रादेश नंं. १ सरकारको लगानीमा फिक्कल बरबोटेबाट नयाँ बजारसम्म भ्याटसहित ५३ करोड ८९ लाख ३८ हजार सय ४५ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

 पहिलो चरणमा ५.८ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको कन्स्ट्रक्सनका सञ्चालक खनालले जानकारी दिनु भयो । २०७६ साल मसिंर ६ गते सम्झौता भएर २०७९ साल मसिंर २०गते सम्पन्न गर्नु पर्ने भएको भए पनि कोरोना कहर र निरन्तरको बर्षाले गर्दा समयमै सम्पन्न नभएको भए पनि अब तीव्र गतिमा काम हुने खनालको भनाई छ । 

पुर्वधार विकास कार्यालय झापाका इन्जिनियर अमृत कुमार दाहालले यो कालोपत्रे डि वि एस टि प्रविधि अर्थात् डबल बिटमिनस सरफेस ब्रेसीन अन्तर्गत गरिने जानकारी दिँदै २० एमएम डाउन गिटिको लेयर र त्यसपछि फेरी १० एम एम डाउनको गीटिको लेयर गरेर त्यसमा क्यापिङ गरेर काम हुने जानकारी दिनु भयो । उहाँले पुर्वधार विकास कार्यालय झापाका इन्जिनियर सधैँ निमार्ण क्षेत्रमा रहने जानकारी दिनृुहुदै हालसम्म गुणस्तरीय काम भइरहेको र अब पनि गुणस्तरीय काम गर्न आफूहरू फिल्डमै रहने बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button