तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सम्वत्‌लाई राष्ट्रिय मान्यता दिन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल सम्वत्‌लाई राष्ट्रिय रूपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल सम्बत् न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आज काठमाडाैंमा आयोजना गरेको नेपाल सम्वत्‌ न्हूँद विषयक गोष्ठीमा मन्त्री श्रेष्ठले नेपाल सम्वत्‌लाई राष्ट्रिय रूपमा मान्यता दिन पर्यटन मन्त्रालयले गर्नुपर्ने आवश्यक काम अगाडि बढाउन मन्त्रालय तयार रहेको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपाल सम्वत्‌को सुरुवात गर्ने शंखधर शाख्वाका नाममा काम गर्ने धेरै संस्थाहरू भए पनि राष्ट्रिय रूपमा प्रचार हुन नसकेको बताउनुभयो ।

उहाँले राष्ट्रिय रूपमा प्रचारको लागि शंखधर शाख्वाको नाममा राष्ट्रियस्तरको प्रतिष्ठान बन्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले जनताले देशका नाममा प्रवद्र्धन गरेको नेपाल संवत् राष्ट्रिय गौरवको विषय भएको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धर, पूर्वमन्त्री तीर्थराम डङ्गोल, पूर्वसांसद हिरण्यलाल श्रेष्ठ, प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा डा हेमनाथ पौडेललगायतले मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्को संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button