तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनको सुरुङ्गतुङ खोलामा पक्की बन्ने

पाल्पा।पाल्पाको सुरुङ्गतुङ खोलामा पक्की पुल बन्ने भएको छ । जिल्लाको तानसेन नगरपालिका १० स्थित तेल्घा आमडाँडा र सुरुङ्गतुङ गडशाललाई जोड्ने गरि सुरुङ्गतुङ खोलामा पक्की पुल बन्ने भएको हो । पक्की पुल नहुँदा वर्षै देखि स्थानीयले सास्ती खेप्नु परेको छ ।

पुल बनेपछि आमडाँडा,तेल्घा,बोखर,गुफाँचौर,गणशाल,सुरुङ्गतुङका स्थानीयलाई सहजता हुने अपेक्षा गरिएको छ ।लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री एवं नव निर्वाचित प्रदेश सभा सदस्य वीर बहादुर रानाको पहलमा पुलको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न पुगेको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख इन्जिनियर सहितको टोलिने पुल बन्ने स्थान सुरुङ्गतुङ खोलाको स्थलगत अवलोकन गरेको हो ।

दैनिक संयौंको सङ्ख्यमा सो खोला भएर यात्रा गर्ने यात्रुलाई अब पुल बन्ने भएसँगै खुसीयाली छाएको छ । वर्षेनी बर्खायाममा तेल्घा,आमडाँडा भएर सुरुङ्गतुङ हुँदै गणशाल,प्रभास तानसेनको यात्रामा निस्कने यात्रु ज्यान नै जोखिममा पारेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय मिना खाम्चा थापाले दुखेसो पोख्नुभयो । हामी यस भेगका स्थानीय बर्खायाममा ज्यानै धरापमा पारेर खोला तर्नुपर्ने बाध्यता थियो । अब पुल बन्ने भयो भन्दा खोलाले बगाएर ज्यान भने अब नजाने भयो भन्नेमा ढुक्क भयौँ स्थानीय खाम्चा थापाले बताउनुभयो ।

यस्तै सो खोला भएर दैनिक सयौँको सङ्ख्यामा सवारी र यात्रु आवतजावत गर्ने गरेको स्थानीय जित बहादुर बस्येलले बताउनुभयो । यस अघि सामान्य कचवे बनाएर बर्खायाममा यात्रा गर्दै आएका थियौँ । अहिले सो कचवे पनि बगायो अबको यात्रालाई सहज बनाउने आशा पलाएको बस्येलले पुल बन्ने भएपछि खुशीहुँदै सुनाउनुभयो ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख इन्जिनियर अरुण गुप्ताले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेको बताउनुभयो । अब पुलको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरी पुल निर्माणको काम छिट्टै अघि बढाउने प्रमुख इन्जिनियर गुप्ताले भन्नुभयो ।

सुरुङ्गतुङ खोलामा पक्की पुल बनेपछि तानसेन नगरपालिका वडा नं १० का तेल्घा,सुनडाँडा,आमडाँडा,गुँफाचौर,बडरबोट,सुरुङ्गतुङ,गणशाल,धरमपानि,प्रभास हुँदै सदरमुकाम तानसेन देखि बुटवल सम्म आवतजावतमा सहजता हुने आशा स्थानीयले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button