तपाईँ सुन्दै हुनुहुन्छः

सरकार गठनका लागि सत्ता गठबन्धनभित्रै छलफल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडाैं । नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारी बैठकले सत्ता गठबन्धन कायमै रहेकाले पहिला सत्ता गठबन्धन दलबीच नै नयाँ सरकार कसरी गठन गर्ने भन्ने विषयमा छलफल गर्ने निर्णय गरेको छ ।

निर्वाचनको समीक्षा गर्न पार्र्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले निर्वाचनमा प्राप्त परिणामलाई स्वाभाविक रूपमा लिँदै गठबन्धनका दलहरूबीचमा आपसी छलफल गरी अगाडि बढ्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

महासचिव गरुङले नेकपा माओवादी केन्द्र हालसम्म सत्ता गठबन्धनभित्रै रहेको र गठबन्धनमा कुनै समस्या पनि नआएको हुनाले सरकार गठनका सम्बन्धमा गठबन्धनबीच छलफल हुनुपर्ने बैठकको निष्कर्ष रहेको बताउनुभयो ।

महासचिव गुरुङले निर्वाचन परिणामबाट त्रिशंकु प्रकारको संसद गठन हुने भएकाले दलहरूबीच सहमतिपछि मात्र कसरी अगाडि बढ्न सकिन्छ भन्ने निर्धारण हुने बताउनुभयो ।

महासचिव गुरुङले अहिले नै गठबन्धन छोड्ने वा तोड्ने विषयले भने बैठकमा प्रवेश नै नगरेको पनि स्पष्ट पार्नुभयो । माओवादी केन्द्रको पदाधिकारी बैठक हिजो पनि बसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button