तपाईँ सुन्दै हुनुहुन्छः

कला संस्कृति र सम्पदाको संरक्षणमा सरकारले विशेष ध्यान दिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कला संस्कृति र सम्पदाको संरक्षणमा विशेष ध्यान दिने बताउनुभएको छ ।   

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३औँ प्राज्ञ सभाको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले नेपाली कलाकारले सिर्जना गरेका कृतिहरूले विश्वमा नेपाललाई कलाको देश भनेर चिनाएको बताउनुभयो । उहाँले जीवन्त सिर्जना कहिल्यै पुरानो नहुने पनि बताउनुभयो । 

समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पुराना कलाकृतिको संरक्षण गर्दै नयाँ कला सिर्जनामा प्रतिष्ठान लागि परेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button