तपाईँ सुन्दै हुनुहुन्छः

फिफा विश्वकप: आज चार खेलहरू हुँदै

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज विभिन्न चार खेलहरू हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई खेलहरू हुँदै छन् ।

आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अस्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

यस खेलहरू पछि समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबिच खेल हुदैछ ।

दुवै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरूबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुङ्गो लाग्नेछ ।

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रङ्गशालामा आयोजना भइरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button