तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियन राजदूत जिप लाइनमा सरर…(फोटोफिचर)

काठमाडौँ  । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको हार्नेस  जिप लाइनमा दोस्रो पटक सयर गर्नुभएको छ ।  

कार्यक्रमको सिलसिलामा गृह जिल्ला पर्वत पुग्नुभएका अध्यक्ष तिमिल्सिनासँगै नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले पनि कुस्मा बजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीप लाइनमा सयर गर्नुभएको हो । 

अध्यक्ष तिमिल्सिना र राजदूत भोल्क सुपर म्यान जीप लाइनबाट १४ सय ८० मिटर दूरीको कालिगण्डकी किनारको रिसोटमा  ल्याण्ड गर्नुभएको हो । 

जिप लाइन गरेपछि दुवै जनाले एकदमै रमाइलो र साहसिक अनुभव भएको बताउनुभयो । 

हार्नेस जिप लाइन प्रालि कुश्माले सञ्चालनमा ल्याएको सुपरम्यान जिप लाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी छ । 

कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिप लाइन १४ सय ८० मिटर लामो रहेको छ ।

तस्बिर: अशोक पौडेल

प्रतिक्रिया राख्नुहोस्

Back to top button