तपाईँ सुन्दै हुनुहुन्छः

रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

रौतहट । रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ। उहाँले ३२४३७ मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश जयसवालले २५२०० मत प्राप्त गर्नुभएको छ ।

नेकपा माओवादीबाट उहाँ ०६४, ०७०, ०७४ को प्रतिनिधि सभाको निर्वाचनमा विजयी हुनुभएको थियो । पछिल्लो समय माओवादी केन्द्रबाट विद्रोह गर्दै नेकपा एमालेमा रही छोटो समयमै विद्रोह गरी साहले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button