तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय

File Photo

काठमाडौँ I सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु छ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार तीन सय तोकिएको महासङ्घले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button