तपाईँ सुन्दै हुनुहुन्छः

मनमोहन प्राविधिक विश्वविद्यालयको योजना सार्वजनिक

मोरङ I  मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ बूढी गङ्गाले उत्पादनमुखी एवं आत्मनिर्भर मुखी जनशक्ति उत्पादन गर्न उद्देश्यले शिक्षा प्रणाली विकास गरेको छ ।
विश्वविद्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडन सक्नुपर्ने शिक्षा पद्धतिको महसुस गरी पाँच वर्षे भावी योजना सार्वजनिक गरिएको छ ।
पाँच वर्षे योजनाअन्तर्गत शैक्षिक सत्र २०८०÷८१ बाट स्नातक तहमा ब्याचलर इन आर्किटेक्चर र स्नातकोत्तर तहमा एमएससी  इन स्ट्रक्चरल इञ्जिनीयरिङ, शैक्षिक सत्र २०८३÷८७ सम्ममा क्रमशः ब्याचलर इन बायोमेडिकल इञ्जिनीयरिरिङ, वीइ इन मेकानिकल वा अटो मोबाइल इञ्जिनीयरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेशन वा टनेल इञ्जिनीयरिङ, इलेकट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनीयरिङ तथा विद्यावारिधितर्फ सिभिल इञ्जिनीयरिङ र इलेक्ट्रिकल इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्यले काम सुरु गरिएको छ ।
विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आगामी दश वर्षमा विश्वविद्यालयलाई दक्षिण एसियाको उत्कृष्ट बनाउने उद्देश्यले प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त र अन्तर्राष्ट्रिय विकास क्रमसँग आबद्ध गर्नसक्ने मानव संशोधन विकास गर्ने सोचले कार्य भइरहेको जानकारी दिनुभयो ।
विश्वविद्यालयले तीन स्कुल क्रमशः इञ्जिनीयरिङ, एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइट हेल्ज साइन्सेज सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । प्रदेशको औद्योगीकरणमा सहयोग पु¥याउन यस क्षेत्रका उद्यमीको सुझावअनुसार आवश्यक पर्ने दक्ष जनशक्ति विश्वविद्यालयले उत्पादन गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
विश्वविद्यालयले यस वर्ष इञ्जिनीयरिङतर्फ दोस्रो शैक्षिक सत्रमा सिभिल इञ्जिनीयरिङतर्फ ४८  तथा इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स इञ्जिनीयरिङतर्फ २४ विद्यार्थी भर्नाका लागि यही कात्तिक ३० गतेसम्मको समय निर्धारण गरिएको जनाइएको छ । विश्वविद्यालयमा विद्यार्थी भर्ना नेपाल सरकारले तोकेको सङ्ख्याअनुसार निर्धारण गरिएको छ ।
उपकुलपति पोखरेलले प्रदेश नं १ सरकारले उपलब्ध गराएको रु २५ लाख नवीनतम अन्वेषण र अनुसन्धानका लागि कार्य सुरु गरेको जानकारी दिनुभयो । विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी दिनमा चिकित्सक उत्पादनका लागि जिल्लामा रहेका एक सय शय्याको अस्पताल उपलब्ध गराउन आग्रहसमेत गरेको उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा स्कुल अफ इञ्जिनीयरिङका डीन डा प्रचण्डमान प्रधानले वायोमेडिकल र इञ्जिनीयरिङलाई जोड्ने शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने बताउनुभयो । रजिस्टार डा दिनानाथ फुँयालले विश्वविद्यालयमा विश्वस्तको प्रयोगशाला रहनुका साथै विद्यार्थीलाई ५०÷५० प्रतिशत विधि र प्रयोगात्मक शिक्षा प्रदान गर्ने गरेको बताउनुभयो ।
विश्वविद्यालयले यही आर्थिक वर्षदेखि स्कुल अफ मेडिसिन एण्ड एलाइट हेल्थ साइन्सेज अन्तर्गत उद्योगी फार्मेसी र विश्व स्वास्थ्य संस्थालाई आवश्यक पर्ने पब्लिक हेल्थ विषयमा अध्यापन सुरु गर्ने जनाएको छ । विश्वविद्यालय विसं २०७६ मा स्थापना भएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button