तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी कार्यालयमा हतियार बुझाउन प्रशासनको आग्रह

गोरखा । सर्वसाधारणसित भएका अनुमतिपत्र प्राप्त हातहतियार (बन्दुक) यथाशीघ्र जिल्ला प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको हो ।

आउँदो मङ्सिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सर्वसाधारणसित भएको हतियार प्रहरी प्रशासनमा बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले जानकारी दिनुभयो ।

विधिवत् रुपमा बुझाएको हतियार प्रहरी कार्यालयले चुनाव सकिनासाथ मङ्सिर ५ गतेदेखि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button