तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँडको टुङ्गो लगाउन गठित कार्यदलको बैठक जारी

काठमाडौँ । सत्तारुढ दलहरुबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँड र क्षेत्रको टुङ्गो लगाउन गठन भएको कार्यदलको बैठक अहिले जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको कार्यदलको बैठकमा सिट बाँडफाँडको विषयलाई अन्तिम रूप दिने गरी छलफल केन्द्रित रहेको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

सत्तारुढ दलबीच चुनावी गठबन्धनका लागि दलहरुबीच सहमति जुटाउन कार्यदलसँगै शीर्ष नेताहरूको समेत उपस्थितिमा गठबन्धन दलहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ ।

कार्यदलमा नेपाली काङ्ग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की रहनुभएको छ भने नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहनुभएको छ ।

जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button