तपाईँ सुन्दै हुनुहुन्छः

मनास्लुमा मृत्यु हुनेको पहिचान खुल्यो

गोरखा । मनास्लु हिमालको तेस्रो आधार शिविर नजिक गएको हिउँ पहिरोका कारण मृत्यु हुनेको पहिचान खुलेको छ ।

सङ्खुवासभा जिल्ला मकालु गाउँपालिका घर भएका अनुप राइको मृत्यु भएको घटनास्थलबाट स्थानीय ओम गुरुङले बताउनुभयो । उनी सतोरी एडभेन्चरबाट मनास्लुको गाइडमा आएका थिए ।

मनास्लुकाे बेसक्याम्पमा राती देखिएकाे दृश्य

यसै गरी समिटमा पुगेका एक जना विदेशी नागरिक चिप्लिएर बेपत्ता भएको मनास्लु बेसक्याम्प ४ मा रहेका गुरुङले जानकारी दिएका छन् । कुन कुन देशका नागरिक हुन र कुन ट्राभलबाट आए भन्ने कुरा आफूलाई जानकारी नभएको उनले बताए । राम्रोसँग डोरी नबाँधीकन स्कीपिङ गरेका कारण उनी हिउँमा चिप्लिएर बेपत्ता भएको उनले बताए ।

हिउँ पहिरोमा परेका पाँच जनाको अवस्था जटिल रहेको छ । यतिबेला आकाशमा हेलिकप्टर घुमिरहेका छन् तर ल्यान्ड गर्न सकिरहेको छैन, उनले भने । क्याम्प ३ र क्याम्प ४ को बिचमा हिउँ पहिरो गएको थियो ।

२८ तारिखका दिन ४०० जना एक साथ मनास्लुको शिखरमा पुग्ने लक्ष्यसहित विभिन्न ट्राभल एजेन्सीबाट पर्यटकहरू मनास्लुको यात्रामा गएका थिए । केही पर्यटकहरू माथि गइरहेका छन् । मौसम भने निक्कै खराब देखिएको उनले बताए । यहाँ घाइते हुनेहरूको सङ्ख्या १६ रहेको छ । उनीहरूलाई उद्धारको लागि हेलिकप्टरले प्रयास गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button